ओलीले राजीनामा दिनुपर्ने पूर्वमाओवादी समुहको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् ।

उनले छलफलमा आफ्नो कुरा राख्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हालसम्म कुनै सहमति नभएको जानकारी गराएका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ । यस्तै बैठकले ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

यसअघि पनि स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले ओलीले दुवै पदबाट राजिनामा दिन दवाव दिँदै आएका थिए । भने उनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले साथ दिँदै आएका थिए । आजको बैठकमा पूर्वमाओवादीका सबै स्थायी कमिटि सदस्य भेला भएपनि गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट उपस्थित रहेका थिएनन् ।

यो समाचार पढ्नुभएको थियो ?

प्रचण्ड निवासमा आजपनि गुटगत भेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?