काठमाडौं । अविरल परेको वर्षाका कारण मुग्लिन- नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । सोमवार बिहान ५ बजेको समयमा ठुलो पहिरो खस्दा मुग्लिङ-नारायणगढ खण्ड अन्तर्गत ४ किलोमिटर सडक अवरुद्ध भएको हो ।
अहिले पनि निरन्तर रुपमा पानी परिरहेको र पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै सडक सुचारु हुन दिनभरी नै लाग्न सक्ने भएकाले अन्य सडक मार्गको प्रयोग गरी आवतजावत गर्न प्रहरीले आग्रह समेत गरेको छ ।
हरेक वर्ष मुग्लिन- नारायणगढ सडक खण्डमा बाढी पहिरोका कारण धनजनको क्षति हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया