काठमाडौं । ला लिगा च्याम्पियन रियल मड्रिडले रेलिगशेनमा परेको लेगानेससँग बराबरी खेल खेल्दै सिजनको अन्त्य गरेको छ ।
आईतबार राति रियलले लेगानेसको घरेलु मैदानमा २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लेगानेसले घरेलु मैदानमा यस सिजनको च्याम्पियनमाथि गार्ड अफ अनर प्रदान गरेको थियो ।
इस्कोको पासमा सर्जियो रामोसले नवौं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । ब्रायल गिलले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
५२ औं मिनेटमा ईस्कोकै पासमा एसेन्सियोले पुन रियललाई अग्रता दिलाएका थिए । डिबक्स भित्रबाट घरेलु टोलीका रोजर असलेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
लेगानेस ३६ अंक सहित १८ औं स्थानमा रहदै रेलिगेशनमा पर्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया