त्रिवि शिक्षण अस्पतालको साढे १६ करोड खाताबाटै हरायो

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।अन्नपू्र्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?