स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २३ गते भक्तपुरका चार जनासहित काठमाडौं उपत्यकामा २८ जनामा संक्रमण देखिएको विवरण सार्वजनिक गर्यो ।
भक्तपुरका संक्रमितमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका गठ्ठाघरका एक–एक जना र सूर्यविनायक नगरपालिका बालकोटका दुई जना थिए । अरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइसोलेसनमा पठाए पनि गठ्ठाघरकी महिला सम्पर्कमा आइनन् । ईडीसीडीको कन्ट्रोल रुमका अनुसार उनी ‘सम्पर्कविहीन संक्रमित’ हुन् ।
असार २५ मा उपत्यकामा संक्रमण पुष्टि भएका ४८ मध्ये चार जना अझै सम्पर्कमा आएका छैनन् । त्यस दिन संक्रमित पाइएका तर सम्पर्कमा नरहेकामा जनकपुर स्थायी ठेगाना भएका एक, कागेश्वरी मनोहराका एक, रौतहट स्थायी ठेगाना भएका एक र भक्तपुरका एक जना सम्पर्कमा नआएका हुन् ।
यस्तै, असार २७ मा उपत्यकामा रहेका तर स्याङ्जा वालिङ स्थायी ठेगाना भएका एक जनालाई गलत फोन नम्बर राखेकै कारण पत्ता लगाउन सकिएको छैन ।
आजको कान्तिपुर दैनिक लेख्छ–१० दिनयता उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये घरमै छन् कि खुलेआम हिँडिरहेका छन् कुनै पत्तो छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया