मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित हात पारेको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले समान एक एक गोल गरे ।

खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए । खेलको ४४ औं मिनेटमा स्वारेजले गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा सेमिडोले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए ।

त्यस्तै, खेलको ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।

यससँगै मेस्सीले यस सिजन लिगमा २५ औं गोल पुरा गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । बार्सिलोना च्याम्पियन रियल भन्दा ४ अंकले पछि रहेको छ । रियलले एक खेल खेल्न बाँकी रहेको छ ।

डिपोर्टिभो ३९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?