दुर्गेश थापाको दमदार गीत ‘बेसार…राष्ट्रघातको दबाई के छ र !’ (भिडियोसहित)

काठमाडौं । गीत संगीतगीतमा मौलिकता हराएको चौतर्फी गुनासो छ ।

गायक गायिकाले तीज गीतमा विकृति भित्र्याएको गुनासो कुनै नौलो विषय पनि होइन । यही वर्ष यस्ता धेरै गीत आएका छन् । कलाकार दुर्गेश थापाले हालै ल्याएको तीज गीतमा विकृति भित्र्याएको नभित्र्याएको दर्शकले आफैं न्याय गर्नुहोला तर उनको गीतमा विकृतिमाथि ब्यंग्य भने ब्यापक छ ।

थापाको नयाँ गीत ‘बेसार’ सार्वजनिक भएको हो । गीतमा समसामयिक बिषयलाई समेटिएको छ ।

दुर्गेशले बिच्च बिच्चमा–३ ‘बेसार पानी’ गीतलाई इनाक्क्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् । सार्वजनिक भएको गीत युट्युबको ट्रेन्डिङमा रहेको छ ।

उनको गीतमा राष्ट्रघातको विषय, ३३ किलो सुनको विषय, भ्रष्टाचार र बेथितिका विषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?