काठमाडौं । समाजसेवा गर्न उमेरले छेक्दैन भन्ने उदाहरण बनेकी छिन् ३ कक्षामा पढ्ने ८ वर्षीया बालिका प्रेन्सा रेग्मी ।
पोखरा बिरौटा बस्ने उनी सडकपेटीमा बसेर मास्क बेच्छिन् र त्यसबाट आएको पैसाले विपन्न बालबालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् ।

आफू भविष्यमा समाजसेवी बन्ने सपना रहेको बताउने उनले एक हप्ता मास्क बेचिन र त्यसबाट आएको रकमले विपन्न बालबालिकाहरुलाई राहत सामाग्री विवरण गरिन् । सामाजिक सञ्जालमार्फत उनको बारेमा थाहा पाएकाहरु उनलाई खोजी खोजी मास्क किन्न जाने गरेका छन् ।
उनी समाजसेवा त गर्छिन नै पढाइ साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडी रहेकी छिन् । उनले लकडाउनका बेला युटुबमार्फत विभिन्न सन्देशमुलक सामाग्रीहरु प्रस्तुत गर्छिन् जुन निक्कै भाइरल बनेको छ । भिडियोमार्फत उनले नेपालमा नै केही गर्न सकिने उनले बताउँछिन् । साथै जनताबाट उठाएको करले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नका लागि खर्च गर्न समेत उनले सरकारलाई सुझाव दिएकी छिन् ।
पोखराको बिरौटामा उनीहरुको स्टेस्नरी पसल पनि छ । म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएका रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया