काठमाडौँ, १४ फागुन- देशमा साढे तीन वर्षमा दुई हजार १६४ ले छिनभरको सनकका कारण अनाहकमा ज्यान गुमाएका छन् नेपाल प्रहरीको तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२/७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ । नयाँ पत्रिकामा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया