काठमाडौं । कोरोना संक्रमणको कारण गत बिहीवार सप्तरीको राजविराजका ७२ वर्षीय वृद्धका परिवारका अन्य सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
डायबिटिज र मुटुसम्बन्धी रोगले पीडित उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि उनको परिवारका सबैजनाको स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरिएको थियो ।
कोरोना संक्रमणको आशंकामा उनका परिवारका अन्य सदस्यहरु मृतककी श्रीमती, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।
ती बृद्धले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए । भने उनीहरु दुई साताअघि भारतबाट फर्किका थिए ।
उनमा स्वास फेर्न उच्च ज्वरो, स्वाब फेर्न गाह्रो हुने जस्ता समस्याका कारण उपचारका लागि धरान लगिएको थियो । उनमा बिहीवार राति ८ बजे कोरोना पुष्टि भएको र पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया