काठमाडौं । ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३१ ठुलो खरिबोटस्थित ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय कुमार रोक्का लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा मादक पादार्थ सेवन गरी हो-हल्ला गर्दै मानिसहरु हिँडेको भन्ने खबर प्राप्त भएपछि देउराली बिटबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी टोली माथिनै गाली गलौज गरी हातपात समेत गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा घाइते भएका १ जना प्रहरी कर्मचारीको सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया