लकडाउनका कारण ९० प्रतिशत आम्दानी घट्यो : नेपाल एयरलाइन्स

काठमाडौं । यतिबेला लकडाउनका कारण प्राय सबै क्षेत्र प्रभावित परेका छन् । नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लकडाउनको कारण उडानहरु प्रभावित भई आम्दानीमा करिब ९० प्रतिशतले घटेको जनाएको छ ।

आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा एयरलाइन्सले जारी लकडाउनका कारण आन्तरिक उडान समेत बन्द गर्नुपरेकाले खर्च कटौतीको लागि समेत प्रयास गरेको जनाएको हो ।

यसैक्रममा असार मसान्तसम्ममा करार अवधि सकिएका १४५ जनालाई हटाएको छ । भने २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार कर्मचारी कटौतीको कारणबाट वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिनेछ ।

साथै कोरोना महामारीको अन्त्यपछि अवस्था सामान्य बन्दै गइ कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने जनाएको छ ।

लकडाउनको अवधिभर विश्वको विभिन्न मुलुकबाट ९७ वटा उडान गरेको मार्फत १२ हजार २६३ नेपाली नागरिक तथा ७७० जना विदेशी यात्रुको उद्धार गरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?