चितवन, १४ फागुन- चार वर्षदेखि जारी गोरखा, फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दाको फैसला झन् पर धकेलिएको छ । दुवै पक्षको बहस टुंगिसकेको मुद्दामा जिल्ला अदालत चितवनले आइतबार जाहेरीकर्ता झिकाउन आदेश दिएको छ ०६१ जेठ २४ मा चितवन, रत्ननगरमा अधिकारीको हत्या भएको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले घटना जिम्मा लिएको थियो ‘जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जाहेरीकर्ता नूरप्रसाद अधिकारीलाई झिकाएर बुझ्ने आदेश दिनुभएको छ,’ अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले भने । २०७० चैत ३० मा दायरउक्त मुद्दाको आइतबार २० औं पेसी थियो । पक्ष–विपक्षका कानुन व्यवसायीको बहस लगभग डेढ वर्षअघि नै सकिएको छ गत वर्ष असोज ११ मा बहस सकिएपछि तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले फैसला सुनाउनु साटो लिखितबहस नोट पेस गर्न आदेश दिएका थिए । सोही वर्षको कात्तिक ५ गते लिखित बहस अदालतमा पेस भएको थियो त्यसपछि तीनपटक पेसीमा चढे पनि कुँवरका पालामा सो मुद्दामा सुनुवाइ भएन । पेसीका दिन न्यायाधीश बिदा बसे । कुँवरको ठाउँमा आएका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पालामा उक्त मुद्दा पाँच पटक पेसी चढ्यो । तर, कहिल्यै सुनुवाइ भएन । न्यौपाने पनि सरुवा भएपछि कुलप्रसाद शर्मा जिल्ला न्यायाधीश भएर आए । उनका पालामा आइतबारअघि पनि तीनपटक उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, विविध कारणले सुनुवाइ हुनसकेन । आइतबार पनि मुद्दाका पक्ष जिल्ला सरकारी वकिल परमेश्वर पराजुलीले आफूले नभ्याउने भन्दै स्थगित गर्न निवेदन दिए, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया