१७ असार २०७९, शुक्रवार

प्रधानमन्त्री भेटवार्तामा व्यस्त, राष्ट्रसंघको महासभालाई आज सम्बोधन गर्ने

२०७४,आश्विन,७,शनिवार ०४:३०

0
Shares

भीष्मराज ओझा / न्यूयोर्क, ७ असोज ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताएका छन ।संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने भएको बताए ।देउवाले सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै यसै वर्ष संविधानअनुसारका संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिए ।नेपालले विभिन्न चुनौतीका बाबजुद सशस्त्र द्वन्द्वलाई संवाद र वार्ताका माध्यमबाट निष्कर्षमा पु¥याएको घटना विश्वका लागि नै प्रेरणादायी हुने छ भन्दै देउवाले यसै परिवेशमा नेपालले राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा दिएको उम्मेदवारीप्रति सहयोग गर्न विश्व समुदायलाई आग्रहसमेत गरे ।समारोहमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलगायत राष्ट्र संघ र विभिन्न देशका उच्च अधिकारी सहभागी थिए । नेपालका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईलगायत उपस्थित थिए ।प्रधानमन्त्री उच्चस्तरीय भेटघाटमाराष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार पनि विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन । प्रधानमन्त्री देउवा र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच राष्ट्रसंघ मुख्यालयमा भएको भेटवार्तामा दुई मुलुकबीचका आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र सल्लाहकार डा भट्टराईले जानकारी दिए । सो अवसरमा उनीहरुबीच राष्ट्र संघजस्ता विश्व मञ्चमा साझा विषयमा एक भएर प्रस्तुत हुनेबारेमा समेत छलफल भएको थियो ।प्रधानमन्त्री देउवाले शुक्रबारै अमेरिका र आसपासका मुलुकका नेपाली राजदूतलाई बोलाई सम्बन्धित दूतावासका कामकारबाही र चुनौतीका बारेमा चासो राख्नाका साथै मुलुक र जनताको हितमा काम गर्न निर्देशन दिए ।कार्यक्रममा परराष्ट्रमन्त्री महरा, सल्लाहकार डा भट्टराई, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनकुमार कार्की, क्यानडाका राजदूत कालीप्रसाद पोखरेल, ब्राजिलका राजदूत ताराप्रसाद पोखरेल, अमेरिकाका लागि नेपालका महावाणिज्यदूत मधुकुमार मरासिनी राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी थिए । प्रधानमन्त्री देउवाले आज राष्ट «संघको ७२ आँै महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७४,आश्विन,७,शनिवार ०४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१