काठमाडौं । नाईकले भारतीय क्रिकेट टिमसँगको सम्झौता नविकरण नगर्ने भएको छ । सेप्टेम्बरमा सकिन लागेको सम्झौतालाई नाईकले नविकरण नगर्ने जनाएको हो ।
नाईकले साथ छाड्ने भएपछि भारतीय क्रिकेट टिमले पोशाकका लागि नयाँ प्रायोजकको खोजी शुरु गरेको छ । बीसीसीआईले चाँडै जर्सी सहित क्रिकेट किटका लागि नयाँ टेण्डन आह्वान गर्ने तयारी गरेको छ ।
वर्तमान पोशाक प्रायोजक नाईकको भारतीय क्रिकेटसंगको सम्झौता सेप्टेम्बरमा सकिदैछ । नाईकले सम्झौता नविकरण नगर्ने प्रष्ट पारिसकेको छ ।
बीसीसीआईको पछिल्लो एपेक्स काउन्सिल बैठकमा पोशाक प्रायोजन सम्झौताको विषयमा गम्भिर छलफल भएको थियो ।
नाईकसंग बीसीसीआईको चार बर्षका लागि ३ सय ७० करोड रुपैयाँको सम्झौता रहेको थियो । जसमा ३० करोड रुपैयाँ रोयल्टी समेत प्राप्त हुने सम्झौता थियो ।
नाईकले अक्टोबरबाट सुरु हुने नयाँ सम्झौताका लागि प्रस्ताव नगर्ने प्रष्ट पारेको छ । सोही अनुसार बीसीसीआईले पोशाककालागि नयाँ टेण्डर आह्वान गर्ने तयारी गरेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया