काठमाडौं । स्पेनिस गोलरक्षक इकर कासिलास पुन: रियल मड्रिड फर्कने भएका छन् । १६ वर्ष रियल मड्रिडबाट खेलेका र पुर्व कप्तानसमेत रहेका कासिलास पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्किन लागेका हुन् ।
कासिलास व्यवस्थापकीय भुमिकाका मड्रिड फर्कन लागेको स्पेनिस मिडिया मार्काले जनाएको छ । ३९ वर्षे लेजेन्ड गोलरक्षक कासिलास रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका सल्लाहकारका रूपमा रहनेछन् ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि प्रशिक्षक बन्नुअघि अध्यक्ष पेरेजको सल्लाहकारको रुपमा काम गरेका थिए । त्यसपछि उनी रियलको ‘बी’ टिमको प्रशिक्षक हुदै सिनियर टोलीको प्रशिक्षक बन्न पुगेका हुन् ।
कासिलास २०१५ मा रियल मड्रिड छाडेर पोर्चुगिज क्लब पोर्टो गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया