च्याम्पियन मड्रिड र लेगानेस भिड्दै, सिजनको सुखद अन्त्य गर्ने मुडमा रियल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको सिजन आज (आइतबार) बाट समाप्त हुँदैछ ।

ला लिगाको अन्तिम दिन आइतबार विभिन्न १० खेलहरु हुँदैछ । जसमा च्याम्पियन रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

सिजनको अन्तिम खेलमा रियलले लेगानेससँग खेल्नेछ । लेगानेसको मैदानमा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ । एक खेल अगाबै च्याम्पियन बनिसकेको रियलका यस खेल खासै महत्वपूर्ण छैन । लेगानेसविरुद्ध जित निकाल्दै सिजनको सुखद अन्त्य गर्ने चाहन्छ ।

रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ७ अंकले अघि रहेको छ । ३५ अंक जोडेको लेगानेस रेलिगेसन क्षेत्रमा रहेको छ ।

यो पनि पढ्नुहोस् : ३४ औं पटक ला लिगा उपाधि रियलको पेल्टामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?