देउवाविरुद्ध यसरी खनिए रामचन्द्रः तपाईँको नेतृत्वमा न पार्टी चल्यो न सरकार !

काठमाडौं, १३ फागुन– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लिखित मन्तब्य राख्दै पौडेलले देउवाको नेतृत्वमा पार्टी र सरकार दुबै राम्ररी चल्न नसकेको आरोप लगाए ‘तपाईंको नेतृत्वमा न पार्टी चल्यो न सरकार ! पार्टी अहिलेसम्म अपुरोको अपुरै, एउटा पनि प्रशिक्षण, एउटा पनि संगठानात्मक गतिविधि हुन सकेन। विधान अनुसारका प्रदेश अधिवेशन किन भएनन् ? धनुषा जिल्ला कमीटि विहिन किन बनाईयो ?’, पौडेलले प्रश्नमाथि प्रश्न तेर्स्याउँदै भने, ‘ टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम लोकप्रिय साथीहरु उम्मेदवारीबाट वञ्चित भए जस्ले गर्दा मैले पटकपटक बैठक छोडेरै हिँडनुपर्नेसम्मका नौवत आईलाग्यो परिणाम जित्ने ठाउँमा हारीयो पनि।’हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिस्टको गठबन्धनका कारण मात्र नभएको भन्दै पौडेलले मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुनुको परिणाम भएको बताए ’संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन’, पौडेलले भने, ’यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ।’राजदूत नियुक्तिमा आफूले समयमै दिएका सुझावलाई देउवाले घोर उपेक्षा गरेको आरोप लगाउँदै पौडेलले आईजी काण्ड, महाअभियोग प्रकरण र न्यायाधीश नियुक्तिमा पनि छलफल निर्णय भएको आरोप लगाए उनले सभापतिले शेरबहादुर जिन्दावाद भनेर सिकाएको तर कांग्रेस जिन्दावाद भने नसिकाउँदा पार्टी ध्वस्त भएको अरोप समेत लगाए उनले अब पनि धेरै बिग्रिनसकेको भन्दै पार्टी बनाउने नै हो भने दोहर्या ई–तेहर्यान्ई पद ओगट्ने काममा नलाग्न देउवालाई स सुझाव दिए उनले भने– ‘संसदीय दलको नेता अरु कसैलाई बन्न दिनोस्। आफ्नो स्वार्थको लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन, पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफूलाई जोखिममा राख्ने नै निष्ठावान व्याक्ति हो।’राम्रा काम गरेर सुरक्षीत रहनुको सट्टा साम दामको आधारमा गूटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षीत राख्ने नेता र कार्यकर्ताले पार्टीमा आफ्नो भविश्य असुरक्षीत र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहूने महसुश गर्नुपर्ने अवस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मूख भन्दै पौडेलले यो स्थितीबाट पार्टीलाई जोगाउन भरपर्दो आधार तयार गर्न ढिलो भैसकेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?