डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउने आदेश दिन अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई मास्क लगाउन आदेश नदिने बताएका छन् ।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले सकेसम्म सर्वसाधारणलाई मास्क लगाउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
फाउचीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरणका लागि मास्क लगाउनु अत्यावश्यक भएको बताएका थिए । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?