प्रचण्डले ओलीको प्रस्ताव स्वीकार्दा माधव नेपाल असन्तुष्ट

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सत्ता संकट टार्नका लागि आउँदो मंसिरमा पार्टी महाधिवेशन गर्न राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले समर्थन गरेपछि करिब एक महिनादेखि उत्कर्षमा रहेको नेकपाको आन्तरिक विवाद सुरक्षित अवतरण हुने संकेत देखिएको छ ।
नेकपा सचिवालयको शनिबारको बैठकमा नेताहरूको आन्तरिक समीकरण फेरिएपछि ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनु नपर्ने परिस्थिति बनेको छ ।

ओली र दाहालबीच शनिबार सचिवालय बैठकमा नयाँ समीकरण देखिएपछि वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट बनेका छन् ।
पार्टीलाई विधि–पद्धतिबाट चलाउनेभन्दा पनि व्यक्तिगत गठजोड बनाएर जान खोजिएको भन्दै उनले आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?