चीनमा २२ जना नयाँ संक्रमित भेटिए

बितेको २४ घण्टामा चीनमा थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
चीनमा हालसम्म ८३ हजार ६४४ जनामा संक्रमण पुष्टि भएकोमा बितेको २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
चीनमा संक्रमितमध्ये २५२ जनाको मात्रै उपचार भइरहेको छ । यस्तै ४ हजार ६३४ जनाको मृत्यु भएकोमा अरु संक्रमित सबै निको भइसकेका छन् । चीनको उहानबाट कोरोना उत्पति भइ फैलिएको विश्वास गरिएपनि पछिल्लो समय चीनमा कोरोनाको महामारी नियन्त्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?