भारतमा कोरोनाको संक्रमण लगातार वृद्धि भइरहेको छ । दिनहुँ संक्रमण बढ्ने क्रम नरोकिँदा देशभर संक्रमितको कूल संख्या १० लाख नाघिसकेको छ ।
यसैबीच पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाका अध्यक्ष प्रोफेसर के श्रीनाथ रेड्डीले शनिबार बताएका छन् कि कोभिडको मामला आगामी मध्य सेम्टेम्बरसम्मा भयावह हुन सक्नेछ । उनले कोरोना नियन्त्रणका लागि गाउँ केन्द्रीत हुनुपर्नेमा पनि जोड दिएका छन् ।
हालै उनले समाचार संस्था पीटीआईलाई बताएका छन् कि देशभर भाइरस अधिक तिव्रताका साथ फैलिरहेको छ । यसका लागि प्रभावकारी योजना र प्रयोस आवश्यक देखिन्छ ।
रेड्डीले कोभिड–१९ बढ्नेबारे भनेका छन्, ‘अलग अलग राज्यमा संक्रमणले सीमा नाघिसकेको छ । उनले जनताले अपनाउने सावधानी र सरकारले लिने पहलमा अबको अवस्था कस्तो रहनेछ भन्ने निर्भर हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया