काठमाडौं । मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं बानेश्वर देवीनगर बस्ने महोत्तरी घर भएका २८ वर्षीय नितेश सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-२९ मैतीदेवी बस्ने अर्जुन कुमार साहको बा ८७ प ५५३२ नम्बरको मोटरसाइकल काठमाडौं महानगरपालिका-११ थापाथली प्रसुती गृह अगाडि पार्किङ गरी राखेको अवस्थामा हराएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सोही ठाउँबाट उक्त मोटरसाइकल सहित सिंहलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया