प्रहरीका नारा फेरिए व्यवहार फेरिएन

काठमाडौँ, ७ असोज- प्रहरीले सर्वसाधरणलाई गर्ने व्यवहारमा व्यापक गुनासो आएपछि करिब चार वर्षअघि नेपाल प्रहरीले ‘मुस्कानसहितको प्रहरी सेवा’ अभियान सुरु गर्‍यो । तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सुधार्न अभियान सुरु गरेका थिए, नयाँ पत्रिकामा खबर छ ।जनतालाई मुस्कानसहित मीठो बोलेर सेवा दिने उद्देश्यले अभियान सुरु गरिएको थियो । तर, अभियान चलिरहेकै वेला प्रहरीको व्यवहार झन् आलोचित भयो । एक वर्षमै अभियान असफल भयो । अभियान असफल भए पनि व्यंग्य गर्दै ‘मुस्कानसहितको प्रहरी सेवा’ भनिन थालियो ।त्यसको २ वर्षपछि प्रहरीमा ‘प्रहरी मेरो साथी’ नामक अर्काे अभियान सुरु भयो । प्रहरीको व्यवहार सुधार्न र प्रहरीप्रति जनताको नकारात्मक सोचाइ हटाउन यो अभियान सुरु गरिएको थियो । सबै जनतालाई प्रहरीको साथी बनाएर नागरिक र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन खोजिएको थियो । तर, असलभन्दा खराब मान्छे मात्र प्रहरीका साथी भए । सर्वसाधरणस“गको प्रहरीको सम्बन्ध अपेक्षाकृत सुध्रन सकेन ।यही क्रममा शुक्रबारदेखि नेपाल प्रहरीमा देशव्यापारी रूपमा अर्काे अभियान सुरु भएको छ ‘प्रहरी हाम्रो टोलमा’ । यसपटक गृहमन्त्रालयकै अग्रसरतामा प्रहरी र जनताबीच सम्बन्ध सुधारका लागि नयाँ अभियान सुरु गरिएको छ । तर, यो अभियानले पनि प्रहरीको व्यवहारमा ठूलो परिवर्तन ल्याउनेमा प्रहरी अधिकारी नै आशावादी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?