काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा कोहि पनि संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज अर्थात् पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका भित्र कोहिमा पनि कोरोना संक्रमित पुष्टि नभएको बताए ।
हिजो (शुक्रवार) भने काठमाडौं उपत्यकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रवार भक्तपुरका दुई तथा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बितेको ३ सातादेखि देशभर संक्रमितको संख्यामा कमि आउँदा काठमाडौं उपत्यकाका ३ जिल्लामा भने संक्रमित थपिन थालेपछि उपत्यकाबासीमा त्रास पैदा भएको थियो । तर पछिल्लो समय उपत्यकामा पनि संक्रमितको संख्या घटिरहेको छ, भने मन्त्रालयले विभिन स्थानको नमूना संकलन गरी उपत्यकाको समुदायउमा संक्रमण भए नभएको जाँचेको थियो ।
यसैबीच नेपालमा आज (शनिवार) थप ५७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका ९ जना, तेर्हथुम २ जना, ईलामका १ जना, झापाका १ जना, बाराका १ जना, सर्लाहीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकुम पश्चिमका ३ जना, डडेल्धुराका २ जना, बझाङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्चनपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
नेपालमा हिजो (शुक्रवार) १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया