रियल मड्रिडका युवा स्टार अल्भरो फर्नान्डेज म्यानचेस्टरमा

काठमाडौं । रियल मड्रिडका युवा स्टार अल्भरो फर्नान्डेजलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । १७ वर्षीय लेफ्टब्याक फर्नान्डेजलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गरेको सञ्चार माध्यम मेट्रोले जनाएका छन् ।

फर्नान्डेजले रियलको आकर्षक प्रस्ताव अस्वीकार गर्दै युनाइटेड जाने निर्णय गरेका हुन् । फर्नान्डेजको सम्झौता ३० जुनमा सकिएपनि रियलले उनको सम्झौता सिजनको अन्त्यसम्म थप गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?