डडेल्धुरामा दोस्रोपटक देखियो सलह

काठमाडौं – भारतबाट नेपाल प्रवेश गरेको सलह कीराको झुण्ड डडेल्धुराका विभिन्न गाउँहरुमा देखिएको छ।

डडेल्धुरामा सलह कीरा यसै वर्ष दोस्रोपटक देखिएको हो। कीराले मकैबालीमा क्षति गर्न थालिसकेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका १ को मुद्रडा र परशुराम नगरपालिका ७ सादनीमा सलह किरा देखिएको छ ।

एक झुण्ड एकै स्थानमा बसी हरियोपरीयो बाली नष्ट गरिदिने कारण यस कीरा खेतिबालीको लागि घातक र खतरनाक मानिन्छ ।

कीरा के हो ? यसको उत्पति, यसले पुर्‍याउने असर, र रोकथामका विषयमा गरिएको महत्वपूर्ण जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?