काठमाडौं । एफए कप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज म्यानचेस्टर सिटी र आर्सन भिड्दै छन् ।
एफए कपको पहिलो सेमिफाइनलमा म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
आर्सनल एफए कपमा कीर्तिमानी १३ पटकको च्याम्पियन हो । आर्सनल सिटीलाई हराएर एफए कपको अर्को उपाधि जित्न चाहान्छ । यस्तै सिटी यस सिजन पनि एफए कप जित्ने लक्ष्यमा रहेको छ । गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो ।
पछिल्लो सात भेटमा आर्सनलविरुद्ध सिटी अपराजित रहेको छ ।
सिटी र आर्सनलबीचको विजेताले फाइनलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ । चेल्सी र युनाइटेडबिचको दोस्रो सेमिफाइनल खेल आइतबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया