काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि रिक्त रहेको पदमा क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने भएको हो ।
नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।
क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुत राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने तयारी गरेको थियो । तर अन्तिम समयमा लालचन्दले धोको दिएको भन्दै क्यानले खुल्ला दर्खास्त आह्वान गरेर प्रशिक्षक छनोट गर्ने लागेको हो ।
आईसीसी र एसीसीसंगको समन्व्यमा क्यानले अब खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया