काठमाडौं । यस सिजनको ईन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को शीर्ष परिषद्को अनलाईन बैठकले आईपीएल यूएईमा सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।
अष्ट्रेलियामा अक्टोबर र नाभेम्बरमा हुने भनिएको टी-२० विश्वकप रद्ध भएपछि बोर्डले आईपीएल यूएईमा सञ्चालन गर्ने विषयमा छलफल गरेको छ । आईसीसीको आगामी सोमबार बस्ने बोर्ड बैठकले यसबारे निर्णय गर्ने बताईएको छ ।
बीसीसीआईको शीर्ष परिषद्को बैठकमा यस बर्षको आईपीएलको आयोजनाका लागि यूएई उपयुक्त हुने विषयमा छलफल भएको थियो ।
बैठकमा आईपीएल ५–६ साताको आयोजना गर्ने विषयमा समेत छलफल भएको छ । छोटो समयको प्रतियोगिता सेप्टेम्बर अन्तिमदेखि नोभेम्बरको सुरुवातसम्म गर्न सकिनेछ ।
आईपीएल मार्च २९ बाट सञ्चालन हुनुपर्ने थियो । तर कोरोना महामारीका कारण आईपीएल अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया