काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा कांग्रेस प्रदेशसभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड–१९ सङ्क्रमणका कारण उनको होम आइसोलेसनमा उपचार भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।
यसैगरी कांग्रेसले मोरङको केरावारी गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको भर्त्सना गर्दै खेद प्रकट गरेको छ । गम्भीररुपमा घाइते भएका कार्कीको गर्धन र हातमा चोट लागेको र हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको कांग्रेसले जनाएको छ । कांग्रेसले एक विज्ञप्तिमार्फत खुकुरी प्रहार गर्ने ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारवाही गर्न माग गर्दै घाइते भएका कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया