प्रदेश २: शुसासन कायम गर्न मुख्यमन्त्रीका यस्ता प्रतिवद्धता

धनुषा, १३ फागुन – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई पूर्ण रुपमा सुशासन कायम गरिने र भष्ट्राचार विरुद्ध शून्य सहनशीलता अपनाउने बताएका छन् । आइतवार एक प्रतिवद्धता पत्र जारी गर्दै उनले यस्तो बताएका हुन् साथै उनले उक्त पत्रमा नीतिगत रुपमा गरिने भष्ट्राचार स्वीकार्य नहुने र प्रशासनमा हुने ढिलासुस्ती पनि मान्य नहुने बताएका छन् । साथै त्यस्तो गरिएको पाइएमा मुख्यमन्त्रीको कार्यालयमा गुनासा टिपाउन तथा इमेल गर्न सकिने बताइएको छ । उनले सञ्चार माध्यममार्फत जनतासँग प्रत्यक्ष सहयोग हुने कार्य गरिने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ सुशासन कायम गर्न भन्दै एघार बुँदे प्रतिवद्धता व्यक्त गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?