काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले एक पत्रकारलाई गालीगलौज र अभद्र व्यवहार गरेका छन् ।
थापा बाबुछोराले नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई गाली गलौज र दुर्व्यवहार गरेका हुन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साउन १ गते साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पत्रकार तिमल्सिनालाई (एन्फा) का पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले पनि थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए ।
पेशागत धर्म निर्वाहका क्रममा रहेका पत्रकारलाई एउटा जिम्मेवार पदमा रही काम गरिसकेका व्यक्ति र परिवारका सदस्यबाट भएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् विषय भएको महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
यस्ता कार्यले पत्रकारको संवैधानिक अधिकार र सम्मानमा आघात पुग्ने महासंघले ठहर गरेको छ ।
महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया