काठमाडौं। स्वतन्त्र युवा समूहले नेपालमा चिनियाँ चलखेल बढेको भन्दै प्रदर्शन गरेको छ।
लुम्बिनीमा भएको प्रदर्शनको क्रममा सहभागीले चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्व चर्को नाराबाजी गरेका थिए। उनीहरूले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए।

उनीहरूले चीनले नेपाली भूमि मिचेको दावीसहित त्यसविरूद्ध पनि प्रदर्शन गरेका थिए। सोही क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुतला दहनसमेत गरेका छन्।

पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि बढेको छ । सत्तारुढ दल नेकपाभित्र विवाद बढेसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया