नेपाल आइडलका प्रविन बेडवालको स्वरमा ‘छुट्नुपर्नेसँग’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडलको सिनज ३ मा सुमधुर स्वरमा गीत प्रस्तुत गरेर चर्चा र लोकप्रियता हासिल गरेका प्रविन बेडवालले नयाँ गीत सार्वजनिक गरेका छन् । समेशर राईको शब्द र शंकर थापा स्माइल थापाको संगितमा बेडलालको एकल स्वर रहेको छुट्नुपर्नेसँग बोलको गितको भिडियोसहित रिलिज गरिएको हो ।

संगित एरेन्ज उदयराज पौडेलले गरेका छन् भने गितमा म्युजिक भिडियो निर्देशन देव जंग थापाले गरेका हुन् ।

भिडियोमा बिमला खाजुम र भरत महर्जनले अभिनय गरेका छन् । गीत सार्वजनिक गर्दै बेडवालले आफ्नो पहिलो गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । शुक्रबार सार्वजनिक भएको गीतमा दर्शक तथा स्रोताहरुले राम्रो प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेपाल आइडलमा सहभागि बेडवाल उत्कृष्ठ पाँचसम्म पुगिसकेका थिए । उनले प्रतियोगितामा गाएका हरेक गितलाई पूर्ण रुपमा न्याय गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । बेडवाल नै आइडल विजेता बन्ने सम्भावना देखिएको थियो । तर कोरोनाको महामारी र लकडाउनका कारण आइडल स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?