चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अध्यक्षमा डा लोकबहादुर सेढाईं निर्विरोध निर्वाचित भएका छन्।
सङ्घको निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्षसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा डा भारतीदेवी शर्मा, उपाध्यक्षमा डा गुरूशरण साह, सचिवमा डा सूर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा मनोज कँडेल, सहसचिवमा डा महेन्द्रकुमार अग्रहरी र सहकोषाध्यक्षमा डा अमित चौधरी रहेका छन् ।
सदस्यमा डा रोहन झा, डा शिव कंडेल, डा प्रजिता भण्डारी, डा पल्लव राज पौडेल, डा विवेक कँडेल र डा किरण देवकोटा निर्वाचित भएका हुन्। नवगठित १३ सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ । जिल्लामा सङ्घमा ३९८ सदस्य आबद्ध रहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया