विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ९३ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने १ करोड ३९ लाख ९६ हजार २४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८३ लाख १९ हजार ११९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ९६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ४१ हजार १५० जनाको मृत्यु भईसकेको छ भने ३६ लाख ९८ हजार ३५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ लाख ८० हजार ४२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख १५ हजार ३८२ जनालाई संक्रमण भएको छ भने ७६ हजार ८४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १३ लाख ६६ हजार ७७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ जनाको मृत्यु भएको छ भने ६४४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म २५ हजार ७७७ जनाको मृत्यु भईसकेको छ भने १० लाख १७ हजार ११६ जनालाई संक्रमण भएको छ । त्यस्तै ६ लाख ४४ हजार १७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ४७९ जना नयाँ संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १२ हजार १२३ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ५९ हजार २०३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५ लाख ३९ हजार ३७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८६ जनाको मृत्यु भएको छ भने ६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा अहिलेसम्म १२ हजार ६१५ जनाको मृत्यु भएको छ भने ३ लाख ४१ हजार ५८६ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ३० हजार ९९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ७ हजार २९० जनाको मृत्यु भएको छ भने ३ लाख २३ हजार ६९८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९५ हजार ३०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४१६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ५ हजार ९३५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४५ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ५५२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३७ हजार ५७४ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार ४१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ३ हजार ४६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ६६८ जनाको मृत्यु भएको छ भने ६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १३ हजार ७९१ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार ४४० जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ३२ हजार ८७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८३ जनाको मृत्यु भएको छ भने २ हजार ३७९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३५ हजार १७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ७३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार २४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ४७५ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार ९९९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ८३ हजार ७३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ८९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा विश्वमा १ हजार ७५८ जनाको मृत्यु भएको छ भने ५७ हजार १५२ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?