कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ, १३ फागुन – सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे÷नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?