काठमाडौं, १३ फागुन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा गोविन्द केसीविरुद्ध अख्तियारमा उजुरी परेको छ युवा संघ नेपालका श्रम तथा रोजगार विभाग सचिव विपिन ढकालले डा. केसीले अख्तियारको दुरुपयोग गरेकाले छानबीन गरी कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् ढकालले अख्तियारमा दर्ता गरेको उजुरीको १२३९६ रहेको छ उजुरीमा डा. केसी सरकारी सेवामा कार्यरत रहँदा रहँदै पनि सेवाबाट विमुख भइ अस्पतालका सेवा नै प्रभावित हुनेरी आन्दोलन गरेको, शैक्षिक प्रमणपत्र तथा सेवा आवेदन लगायतका विभिन्न ठाउमा फरकफरक जन्म मिति राखेर लाभ लिएको, ऐन कानुनभन्दा माथि अफुलाई राखेर विधिको साशनकै बर्खिलाप गरेको लगायतका उजुरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया