काठमाडौं । नेपालमा थप २८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार ५ सय ३४ जना रहेका छन् ।
आज थप २८५ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार कुल कोरोना संक्रमित मध्ये ६६.१२ प्रतिशत कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
यस्तो छ कोरोना संक्रमण मुक्त भएकाहरुको प्रादेशीक विवरण
प्रदेश १ मा ७४४ जना
प्रदेश २ मा २५८८ जना
वाग्मती प्रदेश ४१३
गण्डकी प्रदेशमा ९४६ जना
प्रदेश ५ मा ३६९२ जना
कर्णाली प्रदेशमा १४९२ जना
सुदूरपश्चिम प्रदेशमा १६५९ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया