नेपालमा कोरोनाको ‘एक्टिभ केस’ ५ हजार ८ सय ७१ मात्र (प्रादेशीक विवरणसहित)

काठमाडौं । नेपालमा हाल ५ हजार ८ सय ७१ जनामा मात्र कोरोनाको एक्टिभ केस रहेको छ। बितेको २४ घण्टामा १०१ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा उपचाररत रहेका छन् । जहाँ २ हजार ३ सय ३८ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ७१ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?

प्रदेश नं १ मा ७१ जना

प्रदेश नं २ मा १ हजार ८ सय ८६ जना

बाग्मती प्रदेशमा ४ सय १९ जना

गण्डकी प्रदेशमा ४ सय ६ जना

प्रदेश नं ५ मा ४ सय ३३ जना

कर्णाली प्रदेशमा ३ सय ८ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ३८ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?