कोरोना संक्रमित नभएका यी ५ जिल्ला

काठमाडौं । नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् । ५ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ५ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • हुम्ला
  • मनाङ
  • संखुवासभा

नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?