काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड -१९’ बाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । डाइविटिज र मुटुको दिर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ स्थानीय हुन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा १०१ जनामा कोरोना पुष्टि
नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थपिएका संक्रमित कहाँका हुन् ? यस्तो छ विवरण
बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान प्रयोगशाला धरानमा गरिएको परिक्षणमा : सप्तरीका १ जना
कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना र मोरङका २ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : झापाका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ८ जना
नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाराका १ जना र पर्साका २ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : भक्तपुरका २ जना र नुवाकोटका २ जना
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा : बाराका २ जना ,मकवानपुरका १ जना ,नवलपरासी पूर्वका ३ जना ,रौतहटका ८ जना र सिन्धुलीका १ जना
धुलिखेल अस्पताल प्रयोगशाला धुलिखेलमा गरिएको परिक्षणमा : काभ्रेपलाञ्चोकका १ जना
त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा गरिएको परिक्षणमा : काठमाडौंका १ जना र पाल्पाका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : लमजुङका २२ जना
प्रादेशिक जनास्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : तनहुँका ७ जना
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा : बर्दियाका १० जना ,दाङका ५ जना र रोल्पाका १३ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परिक्षणमा : रुपन्देहीका १ जना
चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला गरिएको परिक्षणमा : सल्यानका १ जना र रुकुमपश्चिमका १ जना
डडेल्धुरा प्रयोगशाला अस्पतालमा गरिएको परिक्षणमा : डडेल्धुराका १ जना ,बझाङका १ जना र डोटीका १ जना
कुन प्रदेशमा कति छन् संक्रमित ?
प्रदेश १ मा : ८१५ जना
प्रदेश २ मा : ४४८० जना
बाग्मती प्रदेशमा : ८५१ जना
गण्डकी प्रदेशमा : १३५७ जना
प्रदेश ५ मा : ४१३५ जना
कर्णाली प्रदेशमा : १८०४ जना
र, सुदूरपश्चिम प्रदेशमा : ४००३ जना
कुन प्रदेशमा कति छन् आइसोलेसनमा ? (यो हाल उपचार गराईरहेको एक्टिभ केस हुनेहरुको संख्या हो ।)
प्रदेश नं १ मा : ७१ जना
प्रदेश नं २ मा : १ हजार ८ सय ८६ जना
बाग्मती प्रदेशमा : ४ सय १९ जना
गण्डकी प्रदेशमा : ४ सय ६ जना
प्रदेश नं ५ मा : ४ सय ३३ जना
कर्णाली प्रदेशमा : ३ सय ८ जना
सुदूरपश्चिम प्रदेशमा : २ हजार ३ सय ३८ जना
नेपालमा थप २८५ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप २८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार ५ सय ३४ जना रहेका छन् ।
आज थप २८५ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिए । अनुसार कुल कोरोना संक्रमित मध्ये ६६.१२ प्रतिशत कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति भए संक्रमणमुक्त ?
प्रदेश १ मा ७४४ जना
प्रदेश २ मा २५८८ जना
बाग्मती प्रदेश ४१३
गण्डकी प्रदेशमा ९४६ जना
प्रदेश ५ मा ३६९२ जना
कर्णाली प्रदेशमा १४९२ जना
र, सुदूरपश्चिम प्रदेशमा १६५९ जना
कोरोना संक्रमित नभएका यी ५ जिल्ला
- भोजपुर
- मुस्ताङ
- हुम्ला
- मनाङ
- संखुवासभा
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला
रौतहट
बाजुरा
कैलाली
हालसम्म कति भयो जाँच ?
पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।
घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति छन् ?
नेपालमा हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ७ सय २७ जना
प्रदेश नं २ मा २ हजार ७ सय ५१ जना
बाग्मती प्रदेशमा १ हजार ८ सय २४ जना
गण्डकी प्रदेशमा ३ हजार ६ सय ९९ जना
प्रदेश नं ५ मा ३ हजार ४ सय ९७ जना
कर्णाली प्रदेशमा १ हजार ७ सय १३ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ४५ जना
काठमाडौं उपत्यकामा शुक्रवार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?
काठमाडौं उपत्यकामा आज (शुक्रवार) थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा आज दुई जना भक्तपुर र एक जना काठमाडौंका रहेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा आज काठमाडौंका एक जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया