५०० भन्दा बढी कोरोना संक्रमित भएका यी ३ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ । नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार नेपालका यी ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला

  • रौतहट
  • बाजुरा
  • कैलाली

नेपालमा आज (शुक्रवार) थप १०१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?