काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज नगरपालिकाका ७३ वर्षका पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनमा डायबिटिज तथा मुटुरोगको दीर्घरोगी रहेका थिए । उनको यसअघि नै दुइपटक मुटुमा स्ट्यान समेत राखिएको थियो ।
उनी असार ३१ गते खोकी, ज्वरो तथा स्वास प्रश्वासमा समस्या भइ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका थिए ।
उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल भएका कारण भ्यान्टिलेटरमा राखि उपचार भइरहेको अवस्थामा साउन १ गते बिहीवार राति १०ः १५ बजे निधन भएको प्रवक्ता गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया