काठमाडौं । भारतको महाराष्ट्रका गृहमन्त्री अनिल देशमुकले बलिउड अभिनेता स्व.सुशान्त सिंह राजपूतको आत्महत्याको केसमा सीबीआई जाँचको आवश्यकता नरहेको बताएका छन् ।
सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्तीले सुशान्तको निधन भएको महिना दिनपछि अर्थात् १५ जुलाईमा भारतीय गृहमन्त्री अमित शाहलाई सम्बोधन गर्दै इन्स्टाग्राममा सुशान्तको केसमा सीबीआई जाँचको माग राखेकी थिइन् ।
उनले महिना दिनको दिन फोटोसहित उक्त माग राखेकी थिइन् ।
उनले स्टाटसमा लेखेकी छन्,“अमित शाह सर, म सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती । उहाँको निधन भएको महिना दिन बितिसकेको छ । मलाई सरकारसँग पूर्ण विश्वास छ कि, न्यायको लागि म तपाईसँग हात जोडेर सीबीआई जाँच गर्नको लागि माग गर्दछु । म केवल यति थाहा पाउन चाहन्छुकि के कस्तो दवावका कारण सुशान्तले यस्तो कदम उठाउनु भयो ।”
रियाको उक्त स्टाटसको जवाफमा महाराष्ट्रका गृहमन्त्री अनिलले मुम्बइ प्रहरी जटिलभन्दा जटिल केसको जाँच गर्न पनि सक्षम भएको भन्दै सुशान्तको केसमा सीबीआई जाँच गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
रियालाई सामाजिक सञ्जालमा रेप र मर्डर गर्ने धम्की आएपछि उनले सीबीआई जाँचको माग राखेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया