कर्जाको व्याज भुक्तानीको म्याद थप

काठमाडौं । बैंकको कर्जा तथा भुक्तानीको म्याद थप गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । उनले ऋणीको अवस्था हेरेर असार मसान्त सम्म तिर्नुपर्ने कर्जा आगामी पुष मसान्त सम्मको लागि म्याद थप गरिएको हो ।

कोरोनाले ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैंकले राहत दिएको हो । मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७/७८असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउँन पाउनेछन् । विभिन्न निकायले ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए ।

त्यस्तै, मौद्रिक नीति मार्फत मर्जर नीतिलाई प्रोत्साहन दिने पनि उनले बताए । साथै मर्जर नीतिमा जाने बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त सुविधा दिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?