काठमाडौं । भोजपुरमा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । भोजपुर जिल्लाको साल्पासिलिचो गाउँपालिका-६ बस्ने २२ वर्षीय पुरुषलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको कारण राईले ती पुरुषलाई खुकुरी प्रहार गर्दा घाइते भएपछि उनलाई प्रहरीले खुकुरी सहित पक्राउ गरेको हो । घाइते पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द्र दोभानेमा सामान्य उपचार पश्चात थप उपचारको लागि तुम्लिङटार संखुवासभातर्फ लगिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया