काठमाडौं । चीन-अमेरिका विवादका बीच दुई वटा अमेरिकी युद्धपोतले दक्षिण चीन सागरमा आफ्नो युद्धाभ्यास शुरु गरेका छन् । अमेरिकाले उक्त क्षेत्रमा युद्धाभ्यास गरेको यो दोश्रो पटक हो ।
दुई युद्धपोतमा रहेका १२ हजार अमेकिरी सैनिक तथा क्रुजर र डिस्ट्रोयरहरुले शुक्रवार युद्धाभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
युएसएस रोनाल्ड र युएसएस निमिट्ज युद्धपोतद्वारा अमेरिकाले दक्षिण चीन सागरमा सैन्य अभ्यास शुरु गरेको हो ।
यी दुबै युद्धपोत गत महिनामा मात्र दक्षिण चीन सागरमा पुगेका थिए । अमेरिकालेलाई चीनले विभिन्न चेतावनी दिएपनि त्यसलाई अन्देख गर्दै अमेरिकाले त्यहाँ पुनः दोश्रो पटक सैन्य अभ्यास शुरु गरेको छ ।
अमेरिकालाई चीनले चीनको आन्तरिक मामिलामा नपर्न भन्दै बिहीवार पनि अब तुफानको सामना गर्न तयार रहनू भन्दै चेतावनी दिएको थियो । दुई युद्धपोत एकै पटक दक्षिण चीन सागरमा पुगेको यो सन् २०१४ यताकै पहिलो पटक हो ।
उक्त क्षेत्रमा अभ्यासको शुरुवात ४ जुलाईमा शुरु भएको लेफ्टिनेन्ट कमान्डर सिन ब्रोफीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरसँग बताएका छन् ।
यस बारेमा अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र उक्त क्षेत्र १ हजार वर्ष पहिला बाटै चीनको रहेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमे्िरका हठ गरिरहे गम्भीर परिणामको लागि तयार रहन चेतावनी दिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया