साउदीबाट पुनः उद्धार उडान गरिँदै, दूतावासले पठायो फर्किनेको नाम (नामावलीसहित)

काठमाडौं । कोरोनाको कारण समस्यामा परि साउदी अरबबाट नेपाल फर्किन चाहनेहरुका लागि साउन ५ गतेदेखि पुनः उद्धार उडान गरिने भएको छ ।

यसअघि पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत साउदीमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार आगामी साउन ५ गतेबाट पुनः २ एयरलाइन्सले साउदीको दमामबाट उडान गर्नेछन् ।

उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको जनाएको छ ।

यसअघि विभिन्न मितिमा प्रकाशित सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन नसकेकाहरू भने प्राथमिकता सूचीमै रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

टिकट बुकिङ सुनिश्चित भएपछि मात्र कोरोना परीक्षण गर्न समेत दूतावासले अनुरोध गरेको छ । यो पटकमा मापदण्ड पुरा गरि ५ सय ६९ जना नेपाल फर्किन लागेका हुन् ।

यस्तो छ फर्किनेको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?